शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भोटेकोसी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब लाग्ने

भोटेकोसी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब लाग्ने

नागरिक पाटी

२६, भाद्र २०८३
  • 1.8K
    SHARES
  • भोटेकोसी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब लाग्ने

    भोटेकोसी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन (आरडीएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।

    images
    images

    प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ । बाढीका कारण रु ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ । यो हटाउन मात्रै रु ३० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

    विपद् जोखिम न्यूनीकरणका लागि तत्कालै रु ३५ करोड र दीर्घकालका लागि रु ९४ करोड ४० लाख गरी रु ९४ करोड ७५ लाख बराबर खर्च हुने अनुमान छ । त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमान्ड क्षेत्र विकास, उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनःस्थापना तथा बहुविपद् पूर्वसूचना प्रणालीलगायतको विकासका लागि उक्त खर्च लाग्ने देखिएको हो ।

    प्रतिवेदनले समावेशी पुनःस्थापनाका लागि ६ महिनाका लागि रु १५ करोड आवश्यक रहेको देखाएको छ । यो रकम असुरक्षित र सीमान्तकृत समुदाय, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगत भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको आवश्यकता समेटेर पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गरिनेछ ।

    प्रतिवेदनले भवनको भग्नावशेष, ढुंगा, माटो, बालुवा हटाउने काम ६ महिनाभित्र ३१।१ प्रतिशत पूरा गर्न सकिने उल्लेख गरेको छ । साथै जोखिम न्यूनीकरण व्यवस्थापनअन्तर्गत ०।४ प्रतिशत काममात्रै गर्न सकिने प्रतिवेदनको ठहर छ ।

    समावेशी पुनःस्थापना र पुनर्निर्माण भने सो समयभित्र सम्पन्न गर्न सकिने सम्भावना छ ।

    तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा रु ६७ अर्ब ४२ करोड खर्च हुनेछ । जसमा ऊर्जा क्षेत्रमा जलविद्युत् र ग्रीड, घरायसी नवीकरणीय ऊर्जा, सडक, पुल, सञ्चार, सफाइ तथा खानेपानी, सिँचाइ र नदीसँग सम्बन्धित काम हुनेछन् ।

    सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल रु आठ अर्ब २९ करोड लाग्ने अनुमान गरिएको छ । यसमा निजी घर, सार्वजनिक भवन र सुविधा, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा खर्च हुनेछ ।

    उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि रु पाँच अर्ब लाग्ने अनुमान छ । यो रकम कृषि, माछापालन, पशुपालन, बैंकिङ, आर्थिक गतिविधि र जीवनयापनमा खर्च गरिनेछ ।

    भग्नावशेष हटाउन र विपद् जोखिम न्यूनीकरणका लागि तत्काल अर्थात् छ महिनाका लागि रु छ अर्ब ६० करोड लाग्ने आकलन छ । - राससबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - ०७:३४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology