शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

नागरिक पाटी

२०, भाद्र २०८३
  • 1.6K
    SHARES
  • नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

    बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले बाढी पहिरोबाट प्रभावित नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायत उपकरण परिचालन गरी मर्मत तथा पुनः निर्माणको काम भइरहेको छ ।

    images
    images

    चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पच्र्याङ सडक मर्मतका लागि चारवटा जेसीबी र एउटा टिपर परिचालन गरिएको छ । विदुर–चोकदे–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडकमा पनि मर्मत कार्य जारी छ ।

    चोकदे–उपल्लो गेर्खुटार–केराघारी, चोकदे–कुवापानी–बेत्रावती, कल्याणी–मलागाउँ–नीरञ्जना, हर्रे–कल्याणी, बागखोर–झ्याङ्ली तथा तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मका सडकमा पनि मर्मत तथा सुधारको काम भइरहेको कार्यालयले जनाएको छ ।

    बाढीका कारण आवतजावतमा समस्या भएका स्थानमा वैकल्पिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा तुइन निर्माण गरिएको छ । चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - ०६:२८:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology