शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा एक वर्षमै १२ हजार भन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात

नेपालमा एक वर्षमै १२ हजार भन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात

नागरिकपाटी न्युज डेक्स

१०, श्रावण २०८१
  • 4.3K
    SHARES
  • नेपालमा एक वर्षमै १२ हजार भन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात

    नेपालमा एक वर्षमै १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको छ । गएको आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको हो ।

    images
    images

    भन्सार विभागका अनुसार गएको वर्ष विभिन्न देशबाट १२ हजार एक सय ४७ वटा विद्युतीय गाडी नेपालमा भित्रिएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०७९८० को भन्दा एक सय ९२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा चार हजार पाँच सय १३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।

    समग्रमा गएको आर्थिक वर्षमा ३३ अर्ब ७८ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे विद्युतीय गाडी आयात हुँदा सरकारले १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    गएको वर्ष नेपालमा आयात भएका १२ हजार एक सय ४७ वटा गाडीमध्ये ७२ प्रतिशत चीनबाट आयात भएका छन् । चीनबाट नौ हजार पाँच सय ११ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट आयात हुने गाडीमध्ये बीवाईडीको हिस्सा सबैभन्दा धेरै छ । चीनबाट ओमोडा, एमजी, डिपल, सेरेस, किङलङ, केवाईसी, नेटा, ग्रेट वाल मोटर्स लगायत गाडी भित्रिएका छन् ।

    यस्तै नेपालमा आयात भएका विद्युतीय गाडीमध्ये भारतबाट तीन हजार चार सय ३६ वटा आयात भएका छन् । भारतबाट टाटा, सिट्रोन, महिन्द्रा जस्ता ब्रान्डका गाडी पनि भित्रिएका छन् । यसैगरी कोरिया, इन्डोनेसिया लगायतका देशबाट पनि विद्युतीय गाडीको आयात भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १९:३०:५२ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology