शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोशी प्रदेशलाई पराजित गर्दै पुलिस ’एन्फा महिला लिग’ शीर्ष स्थानमा

कोशी प्रदेशलाई पराजित गर्दै पुलिस ’एन्फा महिला लिग’ शीर्ष स्थानमा

नागरिकपाटी डेक्स

२६, भाद्र २०८१
  • 3.3K
    SHARES
  • कोशी प्रदेशलाई पराजित गर्दै  पुलिस ’एन्फा महिला लिग’ शीर्ष स्थानमा

    एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

    images
    images

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लवती र अमृता जैशीले समान १ गोल गरे ।

    यो जीतसँगै पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।
    प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कट क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - १६:१४:४१ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology