शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङको बेनीघाट रोराङको चैलिङ्गमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

धादिङको बेनीघाट रोराङको चैलिङ्गमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

शिवराज आचार्य

८, जेठ २०८२
  • 9.1K
    SHARES
  • धादिङको बेनीघाट रोराङको चैलिङ्गमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सुरु

    शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने क्लस्टर तहको तालिम धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वार्ड न ८ को चैलिङ्गमा सुरु भएको छ ।

    images

    आज बिहिबार देखि सुरु भएको तालिम १० गते सम्म सञ्चालन हुने छ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत ८ नम्बर वडामा रहेका ७ वटा विद्यालयका कक्षा १–३ मा अध्यापनरत १९ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

    एकीकृत पाठ्यक्रमको सैद्धान्तिक जानकारी, शिक्षण विधिका ८ वटा चरणहरु, बालमैत्री शिक्षण शिकाइ, म गर्छु , हामी गर्छौ र तिमी गर भन्ने विधिका बारेमा सहजकर्ता चापागाईं जानकारी दिनु हुने छ। क्रियाकलापमा आधारित भएर शिक्षण गर्नुपर्ने सहजकर्ता चापागाईंको भनाई छ ।

    वडा अध्यक्ष राजकुमार श्रेष्ठले उद्घाटन गर्नुु भएको तलिमको सहजीकरण सहजकर्ता योगेन्द्र चापागाईंले गर्नु भएको छ ।

    तालिम चाइल्डफन्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गर्दै आएको छ । यस अघि वडा नम्बर १० मा तीन दिन तालिम सम्पन्न भएको छ ।

    कार्यक्रममा वडा अध्यक्ष राजकुमार श्रेष्ठ, प्रयास नेपालका कार्यकारी अधिकृत दामोदर अर्याल,कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कोइराला,सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल लगायतको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २१:२५:३१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology