शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्यसमिति घोषणा

गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्यसमिति घोषणा

नागरिक पाटी

१, माघ २०८२
  • 3.2K
    SHARES
  • गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्यसमिति घोषणा

    नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

    images
    images

    नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ ।

    महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् । दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन् । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - ०७:१३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology