शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

धादिङमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

नागरिक पाटी

२२, माघ २०८२
  • 4.1K
    SHARES
  • धादिङमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    धादिङको गल्छी गाउँपालिकामा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। गल्छी गाउँपालिका–१ बस्ने २४ वर्षीय विशाल खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    images
    images

    विशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै आरोपीलाई समातेको जानकारी दिएको छ।

    पक्राउ परेका खतिवडामाथि जबरजस्ती करणीको मुद्दामा आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको छ। घटनाको सम्बन्धमा थप तथ्य बुझ्न र प्रमाण संकलनका लागि प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - ०७:३२:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology