धादिङ–१ मा एमालेको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार भुमि त्रिपाठी, समानुपातिक उम्मेदवार लक्ष्मण शर्मा लगायत एमाले नेता तथा कार्यकर्ताहरुले आईबार गल्छीका विभिन्न वडामा घरदैलो अभियान गरेका छन् । गल्छी–२ र ३ को केउरीनीटार, भुत्याहा, बेलीनीटार, बसेरी, छोटेटार, छाँगेटार, आमडाँडा, मुलाबारी, घर्तीगाउँ, पोखरी गाउँ, कल्लेरी, भिमसेनथान, वरभञ्ज्याङ लगायतका स्थानमा घरदैलो गरिएको हो ।
स्थानीय बासिन्दाबाट प्राप्त आत्मीय स्वागत, अग्रिम बधाई तथा शुभआशीर्वादले धादिङ–१ मा एमालेको पक्षमा मतान्तर अझ फराकिलो हुने स्पष्ट सन्देश दिएको एमाले नेताहरुको भनाई छ ।