शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आयोगको कल सेन्टरमार्फत चार हजारभन्दा बढी जिज्ञासा सम्बोधन

आयोगको कल सेन्टरमार्फत चार हजारभन्दा बढी जिज्ञासा सम्बोधन

नागरिक पाटी

१६, फाल्गुण २०८२
  • 1.9K
    SHARES
  • आयोगको कल सेन्टरमार्फत चार हजारभन्दा बढी जिज्ञासा सम्बोधन

    निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा अस्ति बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ ।

    images
    images

    प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९ सय ५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य एक हजार १ सय ११ रहेका आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जिज्ञासामा ४ सय २६ ‘भ्वाइस मेल’ रहेका छन् ।

    आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार यही फागुन ३ देखि भोलि १७ गतेसम्म देशभरका सबै वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम चलिरहेको आयोगले जनाएको छ । यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकबाट आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य भइरहेको छ ।

    विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा एकाइले अहिलेसम्म ४ सय ७० वटा सामग्री उत्पादन गरेर स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ ।

    मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले चुनावको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।

    यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रबद्धन गर्नुका साथै आममतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । यस्तै आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्‍याइसकिएको जनाएको छ ।

    चुनावमा एक लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम भएका छन् । अस्थायी मतदाताले मतदान गर्नेगरी देशभर जम्मा १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०८२ शनिवार - ११:४२:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology