शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा करिब ५८ प्रतिशत मतदान

धादिङमा करिब ५८ प्रतिशत मतदान

नागरिक पाटी

२१, फाल्गुण २०८२
  • 3.1K
    SHARES
  • धादिङमा करिब ५८ प्रतिशत मतदान

    धादिङ । धादिङ जिल्लामा सम्पन्न निर्वाचनमा ५७.५३ प्रतिशत मतदान सम्पन्न भएको छ ।

    images
    images

    कुल २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये ५७ दशमलव ५३ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । ७६ हजार ६ सय ८० महिला, ८१ हजार ७ सय ३ पुरुष र एक अन्य गरि ५७ दशमलव ५३ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।

    यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धादिङमा करिब ६५ प्रतिशत मतदान भएको थियो भने त्यसअघिको निर्वाचनमा ५१ प्रतिशत मतदान भएको तथ्यांक रहेको छ।

    धादिङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । अहिले जिल्लामा मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०८२ बिहिवार - १८:५६:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology