आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई लघुवित्तद्धारा धुनिवेशीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्तद्धारा धुनिवेशीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शिवराज आचार्य

७, चैत्र २०८२
  • 6.1K
    SHARES
  • ग्लोबल आइएमई लघुवित्तद्धारा धुनिवेशीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    धादिङ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय धार्केले विश्वव्यापी रूपमा मनाइने Global Money Week को अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images

    कार्यक्रममा संस्थाका सहायक महाप्रबन्धक पदमबहादुर घिमिरेले आयस्तर कम भएका तथा पिछडीएका महिलाहरूलाई बिना धितो तथा धितोमा सहज, पारदर्शी र प्रभावकारी ढंगले वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए।

    त्यस्तै, बागमती र गण्डकी प्रदेशका प्रदेश प्रमुख विनोद पराजुलीले प्रशिक्षण दिँदै सुरक्षित बचत गर्ने, फजुल खर्च नियन्त्रण गर्ने, डिजिटल बैंकिङमार्फत हुने ठगीबाट जोगिने तथा कर्जाको सदुपयोग गर्ने विषयमा महत्वपूर्ण जानकारी दिएका थिए।

    कार्यक्रमा संस्थाले हालसम्म ५४ जिल्लामा १२२ शाखा कार्यालयमार्फत करिब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह तथा करिब ४ अर्ब रुपैयाँ बचत संकलन गरी सेवा प्रदान गर्दै आएको बताइएको थियो।

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिद्वारा "Smart Money Talks" भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला समूह तथा कर्मचारी गरी करिब ६० जनाको सक्रिय सहभागिता रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - १८:४२:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology