शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमतीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला

बागमतीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला

नागरिक पाटी

१०, चैत्र २०८२
  • 1.9K
    SHARES
  • बागमतीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला

    रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ। चैत ७ गते बिहान करिब साढे १० बजेतिर सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे उनका भतिजो कान्छा लामाले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी पौराईबाट टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो।

    images
    images

    खोजतलासका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट डिएसपी रुपा लाबुङको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। साथै, चपुरस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प र इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट समेत संयुक्त टोली खटिएको थियो।

    घटनापछि चैत ८ र ९ गतेसमेत बागमती नदीमा डुंगा प्रयोग गरी व्यापक खोजी कार्य जारी राखिएको थियो। सोही क्रममा आज बिहान करिब साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलदेखि करिब १०० मिटर उत्तरतर्फ नदीमा स्याङतानको शव पानीमा तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

    शव फेला परेपछि संयुक्त सुरक्षा टोलीले डुंगाको सहायताले बाहिर निकालेको थियो। शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०८२ मंगलवार - ११:३७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology