शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा ५० प्रतिशत अनुदानमा ९२ कृषकलाई मिनीटिलर वितरण

धुनिबेशीमा ५० प्रतिशत अनुदानमा ९२ कृषकलाई मिनीटिलर वितरण

नागरिक पाटी

५, आषाढ २०८३
  • 2.5K
    SHARES
  • धुनिबेशीमा ५० प्रतिशत अनुदानमा ९२ कृषकलाई मिनीटिलर वितरण

    धादिङको धुनिबेशी नगरपालिकाले कृषि उत्पादन वृद्धि तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ९२ जना कृषकलाई मिनीटिलर वितरण गरेको छ।

    images
    images

    साझेदारीमा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाको कृषि शाखाको समन्वयमा मिनीटिलर हस्तान्तरण गरिएको हो। कृषि कार्यलाई सहज, छिटो तथा कम लागतमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षासहित कृषकहरूलाई उपकरण प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

    727051698_4363505433966383_1340221638558874761_n.jfif

    पछिल्लो समय कृषिक्षेत्रमा जनशक्तिको अभाव र उत्पादन लागत बढ्दै गइरहेको अवस्थामा यस्ता कृषि उपकरणले कृषकलाई राहत पुग्ने विश्वास गरिएको छ।

    कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, नगर उपप्रमुख सुरज उप्रेती,प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनाल लगायतको उपस्तिथि रहेको थियो। 

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले कृषिलाई व्यवसायिक, आधुनिक तथा उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०८३ शुक्रवार - १३:०४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology