शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा एआई एक्स–रेमार्फत क्षयरोग खोज अभियान सञ्चालन

गल्छीमा एआई एक्स–रेमार्फत क्षयरोग खोज अभियान सञ्चालन

शिवराज आचार्य

२७, आषाढ २०८३
  • 1.5K
    SHARES
  • गल्छीमा एआई एक्स–रेमार्फत क्षयरोग खोज अभियान सञ्चालन

    धादिङ,बैरेनी। धादिङको गल्छी गाउँपालिका–स्थित बैरेनी अस्पतालमा एआई (AI) एक्स–रे प्रविधिमार्फत समुदायमा सक्रिय क्षयरोग (टीबी) खोज अभियान सञ्चालन गरिएको छ।

    images
    images

    बिहिबार बैरेनी अस्पतालमा सञ्चालन गरिएको शिविरमा २४५ जनाको स्क्रीनिङ गरिएको थियो। स्क्रीनिङका क्रममा २ जना सम्भावित सक्रिय क्षयरोगी (PCD) पहिचान भएका छन्। साथै २७ जनाको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ।

    त्यसैगरी, शुक्रबार असार २६ गते मस्टार सामुदायिक भवनमा सञ्चालन गरिएको अभियानमा २७५ जनाको स्क्रीनिङ गरिएको छ। स्क्रीनिङपछि शंकास्पद देखिएका २० जनाको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ।

    एआई–एक्सरे प्रविधिको प्रयोगबाट क्षयरोगको प्रारम्भिक पहिचान छिटो र प्रभावकारी रूपमा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    स्वास्थ्यकर्मीहरूले समुदायमा लुकेर रहेका क्षयरोगीको समयमै पहिचान गरी उपचारमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत शिव पौडेलले बताउनु भयो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८३ शनिवार - १६:५३:०५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology