शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अस्पतालमा आज पनि आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा आज पनि आकस्मिकबाहेकका सेवा बन्द

नागरिक पाटी

१३, श्रावण २०८३
  • 1.6K
    SHARES
  • अस्पतालमा आज पनि आकस्मिकबाहेकका सेवा बन्द

    नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको ९ गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर सङ्घले यसअघि हिजो पनि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ ।

    images
    images

    आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान १० बजे काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी छ । त्यस्तै, काठमाण्डौ उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने सङ्घको हिजो बसेको बैठकले निर्णय गरेको छ । देशभर ओपीडी सेवा बन्द हुँदा हजारौँ बिरामीलाई थप सास्ती भएको छ । उपचार सेवा प्रभावित भएको छ ।

    पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगन्ज महानगरपालिका–२५ का ५४ वर्षीय राजकुमार पटेलको साउन ८ मा ज्यान गएको थियो । गम्भीर हृदयाघात भएर अस्पताल पुर्‍याएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको सङ्घले जनाएको छ ।

    यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ । मन्त्रालयले डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - ०९:५८:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology