शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देवानगञ्ज घटना ओमप्रकाश र जयप्रकाशको आज अन्तिम संस्कार गरिँदै

देवानगञ्ज घटना ओमप्रकाश र जयप्रकाशको आज अन्तिम संस्कार गरिँदै

नागरिक पाटी

१५, श्रावण २०८३
  • 1.4K
    SHARES
  • देवानगञ्ज घटना ओमप्रकाश र जयप्रकाशको आज अन्तिम संस्कार गरिँदै

    सुनसरीको देवानगञ्जको मदरसाको कानुनी हैसियतसहितका विषयमा छानबिन हुने भएको छ । गृहमन्त्री र पीडितपक्षबीच भएको ७ बुँदे सम्झौतामा तत्काल छानबिन सुरु गर्ने उल्लेख छ । बिहीबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालयबीच सम्झौता भएको हो ।

    images
    images

    सम्झौतामा मृतकद्वयलाई सरकारले सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कार्बाही गर्ने उल्लेख छ ।

    मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल सुरु गर्ने, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस तत्काल कार्यान्वन गर्ने, मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार ९आज० दिउँसो २ मृतकको अन्तिम संस्कार गर्ने सम्झौतामा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - ०९:०२:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology