आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

गल्छी–६ महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

गल्छी–६ महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

नागरिक पाटी

२३, श्रावण २०८३
  • 3.0K
    SHARES
  • गल्छी–६ महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा

    धादिङको गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्रको उद्घाटन गरिएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

    images

    4acec686-5850-4630-835d-57c17f5cad96 (1).jfif

    गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पतञ्जलि योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकरप्रसाद थपलिया, धादिङ जिल्ला योग खेलकुद संघका उपाध्यक्ष सन्दिपप्रसाद घिमिरे, पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदी, महिला प्रभारी राममाया बुढाथोकीलगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो।

    उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा सञ्चालित योग साधना केन्द्रका साधक–साधिकासहित स्थानीयवासी गरी करिब एक सय जनाको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै राममाया बुढाथोकीले अम्लेश्वर योग साधना केन्द्र धादिङमा सञ्चालनमा आएको २४औँ साधना केन्द्र भएको जानकारी दिनुभयो। उहाँले योगमार्फत स्वस्थ जीवनशैली निर्माणमा साधना केन्द्रहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।

    त्यस्तै, शंकरप्रसाद थपलियाले योगको इतिहास, वर्तमान समयमा यसको आवश्यकता र साधनाको महत्वबारे जानकारी दिँदै स्वस्थ जीवनका लागि योगसँगै स्वस्थ खानपान र उचित रहनसहन आवश्यक रहेको बताउनुभयो।

    प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खतिवडाले योग साधना केन्द्रका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो। योग, आयुर्वेद र साधनाले रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

    20260808_093337-1536x865.jpg

    अम्लेश्वर योग साधना केन्द्रका संस्थापक समिति प्रभारी दिलबहादुर रम्तेल, सह–प्रभारी इन्दिरा रायमाझी भण्डारी, मन्त्री राधा अधिकारी, सह–मन्त्री उद्वव काराखेती र कोषाध्यक्ष अमृता केसीसहित सदस्य तथा सल्लाहकार समिति गठन गरिएको छ।

    नवनिर्मित केन्द्रले दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ। केन्द्रले स्थानीयस्तरमा योगको पहुँच विस्तार गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

     
     
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०८३ शनिवार - १८:५६:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology