शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

नागरिक पाटी

३१, श्रावण २०८३
  • 1.4K
    SHARES
  • राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

    जिल्ला प्रशासन कार्यालय धादिङले सम्पूर्ण जिल्लावासी तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै पहिरो, भू-क्षय, सडक अवरोधका साथै नदी, खोला तथा खोल्साहरूमा अकस्मात् बाढी र डुबान आउन सक्ने जोखिम बढेको जनाएको छ।

    images
    images

    अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न अनुरोध गर्दै प्रशासनले यात्रा गर्नै परेमा सडकको अवस्था, मौसम र सम्भावित जोखिमबारे पूर्वजानकारी लिएर मात्र निस्कन आग्रह गरेको छ। साथै, नदी, खोला, खोल्सी तथा पहिरो जान सक्ने स्थानमा नगउन र जोखिम मोलेर यात्रा नगर्नसमेत आग्रह गरिएको छ।

    जिल्लाभित्र बाढी, पहिरो, डुबान, सडक अवरोध वा अन्य विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह, सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न प्रशासनले अनुरोध गरेको छ।आपत्कालीन अवस्थामा नेपाल प्रहरी हटलाईन १००, सशस्त्र प्रहरी बल नेपाल १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC) १२३४ वा ०१०-५२१४६४, जिल्ला प्रहरी कार्यालय धादिङ (सूचना अधिकारी) ९८५१२२९८६० र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको ९८५१३२२५६४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - ०९:०३:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology