शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेन्पोछेद्धारा प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु १ लाख १५ हजार ५ सय ५५ सहयोग

रेन्पोछेद्धारा प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु १ लाख १५ हजार ५ सय ५५ सहयोग

नागरिक पाटी

८, आश्विन २०८३
  • 1.9K
    SHARES
  • रेन्पोछेद्धारा प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु १ लाख १५ हजार ५ सय ५५ सहयोग

    टासि नामग्ये लिङ्ग मंगोलियन बुद्धिस्ट सेन्टर, उलानबटारका तर्फबाट घेसे लामा टेङ्य रेन्पोछेले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु १ लाख १५ हजार ५ सय ५५ सहयोग गर्नुभएको छ । गत भाद्र १० गते रसुवा भोटेकोशी र त्रिशुली नदीमा गएको विनाशकारी बाढीबाट पिडितहरुको सहयोगका लागी रेन्पोछेले सहयोग गर्नुभएको हो ।

    images
    images

    मानवीय सेवा तथा विपद्का समयमा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोग रकम बज्र इन्टरनेशनल कलेजका कार्यकारी प्रमुख रत्नमान लामाद्धारा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। बाढी पिडित र दिवंगत आत्माको शान्तिका लागी घेसे लामा टेङय रेन्पोछेले ठुलो पुजा समेत गर्नुभएको थियो ।

    tashi.jpeg

    उहाँले यसअघि पनि नेपालमा विपत्ती पर्दा सहयोग गर्दै आउनुभएको थियो । उक्त सहयोगले विपद् प्रभावित तथा आवश्यकतामा रहेका नागरिकको राहत र पुनःस्थापनामा योगदान पुग्ने उहाँले अपेक्षा गर्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १२:४७:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology