भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा रसुवाको टिमुरेबाट बेपत्ता भएका धादिङको थाक्रे गाउँपालिका वडा नं १ का ५२ वर्षीय विष्णु बहादुर थापा र उनका २५ वर्षीय युवा छोरा सुदिप थापाको कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरिएको छ ।
टिमुरे भन्सार क्षेत्रबाट ‘ना ६ ख ४७४८’ नम्बरको डब्बा गाडीसहित अचानक सम्पर्कविहीन भएका बाबु छोराको असोज ४ गते धादिङको थाक्रे–१ स्थित सत्तिखोला दोभानको अस्थायी घाटमा दाहसंस्कार गरिएको हो ।