पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेकी हुन् । उनले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई पनि प्राथमिकता दिन आग्रह गरेकी छन् ।
हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकामा उनले दुःख व्यक्त गरेकी छन् ।