नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकाहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन् । पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार इलाममा आयोजित कार्यक्रममा उनले पार्टीको विरोध गरेर सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने र पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगाको काम बन्द गर्न चेतावनी दिए ।
यस्ता गतिविधि नरोकिए अनुशासनको कारबाही हुने ओलीको चेतावनी छ ।