आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

नागरिक पाटी

३०, श्रावण २०८३
  • 1.8K
    SHARES
  • सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

    सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन् । अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई सञ्चारमन्त्री डा.तिमिल्सिनाले निर्देशन दिए ।

    images

    उनले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् वडा नं २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गरे ।

    यसैगरी, वडा नं २ स्थित रातमाटे र राम्चेमा सडक माथिबाट खसेको पहिरो तथा देविथानमा सडक तलबाट बगेको पहिरो र त्यसका कारण सडकसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको छ ।

    पहिरोका कारण पुगेको क्षतिको स्थलगत अवलोकन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्तरक्रियामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्कालै अघि बढाइने प्रतिबद्धता जनाए ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १७:३१:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology