आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नागरिक पाटी

२५, श्रावण २०८३
  • 652
    SHARES
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनस् बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको हो।

    images

    आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०८३ सोमवार - ०८:२६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology