शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकाले आफ्ना सर्तहरू पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

अमेरिकाले आफ्ना सर्तहरू पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

नागरिक पाटी

२६, श्रावण २०८३
  • 1.5K
    SHARES
  • अमेरिकाले आफ्ना सर्तहरू पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

    इरानले आफ्ना सर्तहरू अमेरिकाले पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ । इरानले केही दिन अघि जारी गरेको विज्ञप्तिमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य तथा रिभोलुसनरी गार्डसका एक कमान्डरले अमेरिकाले इरानलाई पुनः कहिल्यै धम्की दिन नहुने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए ।

    images
    images

    इरान र यस क्षेत्रमा रहेका लेबनानी लडाकु समूह हिजबुल्लाह, यमनका हुथी विद्रोही र गाजा स्ट्रिपको हमास र उसका सहयोगीहरू विरुद्धको युद्ध स्थायी रूपमा अन्त्य गनुपर्ने, इरानी बन्दरगाह र होर्मुज जलमार्गमा रहेका जहाजमाथिको नाकाबन्दी हटाउनु पर्ने तथा यस क्षेत्रबाट आफ्ना सैनिक फिर्ता लैजानु पर्ने र इरानमाथिका प्रतिबन्ध हटाउनु पर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेजस्ता मागहरू राखेको ती कमान्डरले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - ०८:१९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology