शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

नागरिक पाटी

२७, श्रावण २०८३
  • 1.4K
    SHARES
  • लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

    संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी सहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ ।

    images
    images

    एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यहरूबाट टाढा रहन आग्रह गरेको छ ।

    विज्ञप्तिमा उक्त झडपले सर्वसाधारणलाई जोखिममा पारेको उल्लेख गर्दै लडाइँको क्रममा निर्दोश नागरिकको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । साथै निजी तथा सार्वजनिक सम्पत्ति लगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ ।

    मिसनले सार्वजनिक सुरक्षामा चिन्ता व्यक्त गर्दै सोरमानमा भएको झडपले धेरै कैदीहरू भाग्न सक्ने अवस्था पनि निम्त्यायो उल्लेख गरेको छ । मिसनले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह गर्दै मानव वसोवास भएका क्षेत्रहरूमा वा नजिकै हतियारको प्रयोग अस्वीकार्य भएको कुरामा जोड दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १३:०३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology