बिहिवार, भाद्र ४ गते २०८३

Thursday, Aug 20 2026 बिहिवार, भाद्र ४ गते २०८३

बागमतीको मुख्यमन्त्रीमा किरण थापा, बहुमत जुटाउन राप्रपासँग संवाद

बागमतीको मुख्यमन्त्रीमा किरण थापा, बहुमत जुटाउन राप्रपासँग संवाद

नागरिक पाटी

२, भाद्र २०८३
  • 911
    SHARES
  • बागमतीको मुख्यमन्त्रीमा किरण थापा, बहुमत जुटाउन राप्रपासँग संवाद

    हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई अघि बढाउने निर्णय भएको छ।

    images

    एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको हो। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गतेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

    एमाले र नेकपा मात्रको समर्थनले बहुमत नपुग्ने भएकाले थप दलको समर्थन आवश्यक देखिएको छ। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन जुटाउनु निर्णायक बनेको छ।

    3903ef99-dfa8-4103-a1ff-c4fa5756990f-1536x866.jpg

    सरकार गठनका लागि आवश्यक अंकगणित मिलाउन एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलले राप्रपासहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग पनि छलफल र समन्वय गर्नेछ।

    यसअघि जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिइएको थियो। थपलियालाई संसदीय दलको नेताकै रूपमा कायम राख्दै मुख्यमन्त्रीमा भने किरण थापालाई अघि बढाउने सहमति भएको हो।

    भदौ ४ गतेको समयसीमाभित्र बहुमत जुटाएर दाबी पेस गर्नुपर्ने भएकाले बागमतीको सत्ता राजनीतिमा आगामी दुई दिन निर्णायक हुने देखिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - २२:०२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology