शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान

महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान

आशिष ठकुरी

२०, भाद्र २०८३
  • 5.4K
    SHARES
  • महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान

    धादिङ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १०० जना रक्तदाताले रक्तदान गरेको आयोजकले जनाएको छ।

    images
    images

    raktadaan 1.jpg

    एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको आयोजना, जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

    raktadaan.jpg

    ICDC नेपालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीयवासी, समाजसेवी, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।रक्तदान कार्यक्रममार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामी तथा विपद्का समयमा रगतको अभाव हुन नदिन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - २१:२८:५४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology