शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विपद्को मौका छोपेर महँगोमा सामान नबेच्न गल्छी गाउँपालिकाको व्यवसायीलाई आग्रह

विपद्को मौका छोपेर महँगोमा सामान नबेच्न गल्छी गाउँपालिकाको व्यवसायीलाई आग्रह

नागरिक पाटी

११, आश्विन २०८३
  • 2.9K
    SHARES
  • विपद्को मौका छोपेर महँगोमा सामान नबेच्न गल्छी गाउँपालिकाको व्यवसायीलाई आग्रह

    धादिङ । गल्छी गाउँपालिकाले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिको फाइदा उठाउँदै उपभोक्ताबाट मनपरी मूल्य असुल नगर्न गाउँपालिकाभित्रका होटल तथा व्यवसायीलाई आग्रह गरेको छ। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै हालै आएको बाढी, पहिरो तथा डुबानलगायतका प्राकृतिक विपद्का कारण गल्छी गाउँपालिका क्षेत्र प्रभावित भएको जनाएको छ।

    images
    images

    भारी वर्षाका कारण सर्वसाधारणहरू होटलमा बस्न बाध्य भइरहेका तथा मजदुर र यात्रुहरू अलपत्र परिरहेको अवस्थामा केही होटल तथा व्यवसायीले बजार मूल्यभन्दा बढी मूल्य लिएर सामान तथा सेवा बिक्री–वितरण गरिरहेको जनगुनासो आएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालद्वारा जारी सूचना अनुसार यस्तो अवस्थामा व्यवसायीहरूले मानवीय संवेदनशीलतालाई आत्मसात् गर्दै सुपथ मूल्यमा सेवा तथा आवश्यक सामग्री उपलब्ध गराउन आवश्यक रहेको र होटल तथा अन्य व्यवसायीहरूलाई विपद्को समयमा नागरिकको समस्यालाई ध्यानमा राख्दै सहयोग गर्न आग्रह गरिएको हो ।

    हेर्नुहोस् सुचना :

    galchhi news.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - २०:०१:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology