देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबार साँझदेखिन नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।