धादिङ । प्रतिकूल मौसमका कारण केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा स्थगित भएको छ ।थाक्रे गाउँपालिका–९, पण्डितपौवा केवलपुरस्थित संस्थाले शनिबार (कात्तिक १४ गते) का लागि तय गरेको साधारणसभा प्रतिकूल मौसमका कारण स्थगित गरिएको जनाएको छ ।
संस्थाले सूचना जारी गर्दै स्थगित भएको साधारणसभा आगामी कात्तिक २१ गते शनिबार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
संस्थाकी अध्यक्ष अप्सरा अधिकारी र प्रबन्धक सुरेश कोईरालाद्धारा जारी सूचनामा सम्पूर्ण सेयर सदस्यहरूलाई नयाँ मितिमा हुने साधारणसभामा उपस्थित हुन अनुरोध गरिएको छ । साथै, साधारणसभा स्थगित हुँदा पर्न गएको असुविधाप्रति संस्थाले क्षमायाचना समेत गरेको छ ।
