भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकका लागि रसुवाको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गोसाईंकुण्ड गाउँपालिका, भिजिट डेभलपमेन्ट रिसर्च सेन्टर अमेरिका र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट बाढी प्रभावित क्षेत्रका ३५० जनाभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको स्याफ्रुबेँसी बजार र आसपासका क्षेत्रमा विपद्पश्चात् फैलिन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।