मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

नागरिक पाटी

१६, कार्तिक २०८३
  • 1.1K
    SHARES
  • जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

    जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

    images

    असोज २८ मा प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।

    त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका बारेमा जापान सरकारसँग जानकारी मागेको थियो । जापानले जानकारी नपठाएपछि अहिले प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८३ सोमवार - १८:५६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology