बुधवार, मंसिर ९ गते २०८३

Wednesday, Nov 25 2026 बुधवार, मंसिर ९ गते २०८३

संगठन सुदृढीकरणको सङ्कल्पसहित थाक्रेमा एमालेको कार्यकर्ता भेला

संगठन सुदृढीकरणको सङ्कल्पसहित थाक्रेमा एमालेको कार्यकर्ता भेला

शिवराज आचार्य

९, मंसिर २०८३
  • 3.7K
    SHARES
  • संगठन सुदृढीकरणको सङ्कल्पसहित थाक्रेमा एमालेको कार्यकर्ता भेला

    धादिङ । नेकपा ९एमाले० ले पार्टीद्वारा घोषित आन्दोलन तथा निर्वाचन केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित धादिङको थाक्रे गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ।

    images

    थाक्रे गाउँपालिकाको महादेवबेसी बजारमा आयोजित भेलाको अध्यक्षता नेकपा एमाले थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष गणेशमान वाइबाले गर्नुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    921470728_29081216568214936_5225347310187561116_n.jpg

    त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज भूमि त्रिपाठी, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, प्रदेश उपसचिव रमेशकुमार आचार्य, थाक्रेका अध्यक्ष तथा एमाले थाक्रेका इन्चार्ज रामकुमार आचार्य लगायतका नेताहरूको आतिथ्यता रहेको थियो। भेलामा थाक्रेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    923922999_29211160675218835_7260865212006864535_n.jpg

    भेलाका अवसरमा प्रमुख अतिथि बस्नेतले स्थानीय पत्रकारहरूसँग भेटघाट गर्दै समसामयिक राष्ट्रिय राजनीति र पार्टीको राजनीतिक दृष्टिकोणबारे धारणा राख्नुभएको थियो। त्यसपछि उहाँसहित नेता तथा कार्यकर्ताहरूले महादेवबेसी बजार परिक्रमा गर्दै पार्टी सडक आन्दोलनका लागि तयार रहेको सन्देश दिएका थिए।

    927506236_2386479165501484_7397091099183543812_n.jpg

    कार्यक्रममा थाक्रेका संस्थापक नेताहरू कृष्णप्रसाद ढकाल, नारायणप्रसाद रुपाखेती, बुद्धिराज पोखरेल, खेमबहादुर थापा र झंक बानियाँको विशेष उपस्थिति रहेको थियो। पार्टीलाई थाक्रेमा पुनः पुरानै अवस्थामा फर्काउन अग्रज नेताहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

    भेलामा युवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए।

    927548782_1138774052116907_5562236230568169897_n.jpg

    यसैबीच, नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध करिब १५ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ। देश र जनताको हितका लागि एमाले नै उपयुक्त पार्टी भएको निष्कर्षसहित आफूहरू पार्टीमा प्रवेश गरेको उनीहरूको भनाइ रहेको छ।

    920671467_1617292370417952_6499481741350655978_n.jpg
    undefined

    भेलामा सहभागी प्रमुख अतिथिसहितका वक्ताहरूले पार्टीले संघ, प्रदेश तथा स्थानीय सरकारको नेतृत्व गर्दा र सरकारमा सहभागी हुँदा गरेका कामहरूको चर्चा गरेका थिए। उनीहरूले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने, राष्ट्रिय राजनीतिमा थाक्रेका नेता तथा कार्यकर्ताले खेल्नुपर्ने भूमिका र पार्टीका आगामी कार्यक्रमबारे धारणा राख्दै एकताबद्ध भएर सक्रियतापूर्वक अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

    भेलाले पार्टीद्वारा घोषित आन्दोलन तथा निर्वाचन केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०८३ बुधवार - ०८:२१:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology