बुधवार, मंसिर ९ गते २०८३

Wednesday, Nov 25 2026 बुधवार, मंसिर ९ गते २०८३

थाक्रेमा मंसिर १८ देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै, खेलाडीलाई ५ लाखको बीमा

थाक्रेमा मंसिर १८ देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै, खेलाडीलाई ५ लाखको बीमा

शिवराज आचार्य

८, मंसिर २०८३
  • 652
    SHARES
  • थाक्रेमा मंसिर १८ देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै, खेलाडीलाई ५ लाखको बीमा

    धादिङ । धादिङको थाक्रे गाउँपालिकामा १६औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर १८, १९ र २० गते सञ्चालन हुने भएको छ। प्रतियोगिता थाक्रे गाउँपालिका–१० स्थित दोभाने खेलमैदानमा हुनेछ।

    images

    गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा पालिकाभित्रका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

    प्रतियोगितामा भलिबल र कबड्डीसँगै एथलेटिक्स (दौड तथा फिल्ड इभेन्ट) तथा मार्सल आर्ट्सअन्तर्गत तेक्वान्दो, उसु, सान्सु र कराँतेका खेलहरू समावेश गरिएको गाउँपालिकाले जनाएको छ।

    सहभागी हुन चाहने विद्यालयहरूले खेलाडीहरूको आवश्यक कागजात, नामावली र सहभागिता फाराम मंसिर १४ गते बिहान १० बजेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

    खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको रु. ५ लाख बराबरको बीमा गरिने व्यवस्था समेत मिलाइएको छ। गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयलाई प्रतियोगिताको तयारीमा जुट्न आह्वान गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०८३ मंगलवार - २०:४७:५७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology