शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अफगानिस्तानमा कार बम विस्फोटका परी कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा कार बम विस्फोटका परी कम्तीमा १२ जनाको मृत्यु

  • 3.2K
    SHARES
  •   काबुल । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे बिस्फोट भएको जनाइएको छ । बिस्फोटमा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए । अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः बिस्फोटका घटनाहरु भइररहेका छन् । काबुलको आवासिय क्षेत्रमा गत सोमबार मात्रै भएको एक विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका थिए । उक्त विस्फोटमा अन्य १ सय १७ व्यक्ति घाइते भएका थिए । बिहीबार भएको कार बम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको चौथो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकहरु मारिनुको साथै घाइते भएका छन् । अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए । सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायःनेटो सेना अफगानिस्तानबाट आ–आफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको थियो । ठूलो सङ्ख्यामा नेटो आवद्ध सेना अफगानिस्तानबाट फर्केपछि यहाँ सुरक्षाकर्मी, सरकारी अधिकारी र सर्वसाधारण जनता लक्षित आक्रमणका घटना बढेका छन् । २०७६ भदौ १९ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - २२:४८:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology