शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ब्रेक्जिटसम्बन्धि प्रस्तावहरु असफल भएपछि नयाँ निर्वाचनबारे संसदमा पुनः मतदान हुने

ब्रेक्जिटसम्बन्धि प्रस्तावहरु असफल भएपछि नयाँ निर्वाचनबारे संसदमा पुनः मतदान हुने

  • 4.4K
    SHARES
  • लण्डन । बेलायतमा ब्रेक्जिटसम्बन्धि प्रस्तावहरु असफल भएपछि समयअगाबै निर्वाचन गर्ने विषयमा पुनः मतदान हुने भएको छ । बुधबार राति भएको मतदानमा नयाँ निर्वाचन गर्नें प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री जोनसनको प्रस्तावमा सोमबार पुनः मतदान हुने भएको हो । समयअगावै आगामी १५ अक्टोबरमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई हाउस अफ कमन्समा सांसदहरूले बुधवार अस्वीकृत गरेको थियो । विपक्षी लेबर पार्टीका छायाँ अर्थमन्त्री जोन म्याकडोनल्डले लेबर पार्टीले चुनाव चाहे पनि आफूहरुको प्राथमिकता कुनै पनि सम्झौता बिना युरोपेली संघ ९ईयू० बाट बेलायत बाहिरिने प्रक्रियालाई रोक्नु भएको उल्लेख गरेका छन् । ब्रेक्जिटको विषयलाई लिएर घम्साघम्सी चलिरहेका बेला प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । एजेन्सी २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १६:०३:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology