शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चन्द्रमाको धरातलमा ‘चन्द्रयान–२’ अवतरण हुँदै

चन्द्रमाको धरातलमा ‘चन्द्रयान–२’ अवतरण हुँदै

  • 4.9K
    SHARES
  • काठमाण्डौँ । भारतले प्रक्षेपण गरेको चन्द्रयान २ नामक चन्द्र अभियानको ‘विक्रम’ नामक ल्याण्डर शनिबार बिहान चन्द्र धरातलमा अवतरण हुने भएको छ । भारतको अन्तरिक्ष निकाय इस्रोले स्थानीय समयअनुसार शनिबार साढे १ बजे देखि साढे २ बजेको समयमा विक्रम ल्याण्डरले चन्द्र धरातलमा अवतरण गर्ने जनाएको हो । विक्रम ल्याण्डर अवतरण भएको चार घण्टापछि ‘प्रज्ञान’ नामक रोबर चन्द्र धरातलमा पुग्नेछ । चन्द्रयानको विक्रम ल्याण्डमा तीन महत्वपूर्ण वैज्ञानिक उपकरण रहने र त्यसले चन्द्र धरातलमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने इस्रोको भनाइ छ । २०७६ भाद्र २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - ०५:३१:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology