शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अफगानिस्तानमा पछिल्लो समय हिंसा झन् बढ्यो

अफगानिस्तानमा पछिल्लो समय हिंसा झन् बढ्यो

नागरिक पाटी

१७, माघ २०७६
  • 7.1K
    SHARES
  • काठमाण्डौँ। अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो । अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुल अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो । अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो । अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर वार्ता भने सम्भव हुन सकेन । तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन । उनीहरुले युद्ध विराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - २२:१९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology