शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड–१९ का कारण १३ हजार तीनको मृत्यु, इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु,कोरोनाको संक्रमण १८८ मुलुकमा देखा

कोभिड–१९ का कारण १३ हजार तीनको मृत्यु, इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु,कोरोनाको संक्रमण १८८ मुलुकमा देखा

नागरिक पाटी

९, चैत्र २०७६
  • 5.3K
    SHARES
  • काठमाडौं । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६ सय १० जना संक्रमित छन् । अमेरिकामा ३ सय २ जनाको मृत्यु भएको छ भने २४ हजार २ सय १८ जना सङक्रमित छन् । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ ।१४ हजार ४ सय ५९ जना सङक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १०२ जनाको मृत्यु भएको छ भने ८ हजार ७ सय ९९ जना संक्रमित छन् । कोरोनाको संक्रमण हालसम्म १८८ मुलुकमा देखा परिसकेको छ । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७६ आइतवार - १५:०९:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology