शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारत ‘लक डाउन’

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारत ‘लक डाउन’

नागरिक पाटी

१०, चैत्र २०७६
  • 5.4K
    SHARES
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान रोकेका भारतले अब बस रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ । भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् । कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् । भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७६ सोमवार - ००:१२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology