शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्वत र स्याङ्जामा गरी दश जनामा कोरोना संक्रमण पुष्टि

पर्वत र स्याङ्जामा गरी दश जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२०, जेठ २०७७
  • 11.5K
    SHARES
  • पर्वत र स्याङ्जामा गरी दश जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं । पर्वतमा पहिलोपल्ट पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वारेन्टिनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी पाँच जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    images
    images

    यता स्याङ्जामा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।

    यस्तै स्याङजाकै बिरुवा गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पुरुष गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका हुन् । थपिएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

    योसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या १२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ३७ पुगेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । सङ्क्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् ।

     

    press_note_syangja_parbat_N3Eq0289J6-638x768.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १७:०९:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology