शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा आजबाट होटल, रेष्टुरा तथा धार्मिकस्थल खुल्यो

भारतमा आजबाट होटल, रेष्टुरा तथा धार्मिकस्थल खुल्यो

नागरिक पाटी

२६, जेठ २०७७
  • 11.0K
    SHARES
  • भारतमा आजबाट होटल, रेष्टुरा तथा धार्मिकस्थल खुल्यो

    काठमाण्डौं । भारतमा बन्द अवस्थामा रहेको मल, होटल, रेष्टुरा र धार्मिकस्थल आज सोमवारबाट खुलेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनबाट अर्थतन्त्र मात्र नभइ सामाजिक तथा सांस्कृतिक असरलाई न्युनीकरणका लागि त्यहाँको सरकारले लकडाउन खोल्ने दिशा निर्देशको अनलक–१ प्रावधानअनुसार होटल, मल, रेष्टुरा र धार्मिकस्थल खुला गरिएको हो ।

    images
    images

    र यहीबीचमा भावी दिनमा सार्वजनिक स्थलहरु खुला गरिएपछि पर्ने असर तथा प्रभावका बारेमा चर्चा परिचर्चा पनि शुरु भएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले महामारीका कारण चौपट बनेको अर्थव्यवस्थालाई गतिदिन मल, होटेल, रेष्टुरार धार्मिकस्थल खुला गरेको हो । यसबाट लाखौं मानिस पूर्ववत काममा फर्किने अपेक्षा गरिएको छ । तर सार्वजनिक स्थलहरु खुला गरिएसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले केही नियमहरु जारी गरेको छ ।नयाँ नियम अनुसार ती सार्वजनिक स्थानमा ६ फिटको दूरी कायम गर्नुपर्ने छ भने मास्क र सेनिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । यी स्थानमा प्रवेश गर्नुअघि थर्मल स्क्रिनिङ गर्नुपर्नेछ ।

    भारतमा हालसम्म ७ हजार १३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने २ लाख ५६ हजार ६११ जना संक्रमित रहेका छन् । त्यहाँको सरकारले गत जुन १ मा लकडाउन ५ को शुरुवात गरेको थियो । जसअन्तर्गत सोमवारबाट अनलक १ को दोश्रो चरणको शुरुवात भएको हो । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १२:४८:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology