शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अक्सफोर्डको कोभिड–१९ खोप प्रभावकारी बन्दै

अक्सफोर्डको कोभिड–१९ खोप प्रभावकारी बन्दै

नागरिक पाटी

७, मंसिर २०७७
  • 6.6K
    SHARES
  • अक्सफोर्डको कोभिड–१९ खोप प्रभावकारी बन्दै

    लन्डन , एजेन्सी । अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरस खोपले ५६ देखि ६९ र ७० वर्षभन्दा बढी उमेरका स्वस्थ व्यक्तिमा प्रतिरोधात्मक क्षमता उत्पन्न गराएको दाबी गरिएको छ।

    images
    images

    द लान्सेटले प्रकाशित गरेको ५ सय ६० स्वस्थ व्यक्तिमा गरिएको एक अध्ययनको डाटामा उक्त तथ्य उल्लेख गरिएको हो। उक्त शोधपत्रमा सीएचएडीओएक्स १ एनकोभ १९ खोपलाई सुरक्षित भएको बताइएको छ र यसमा कुनै गम्भीर प्रकारको साइड इफेक्ट देखिएको छैन।

    बढी उमेरका व्यक्तिमा कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भएकाले यो नतिजा उत्साहजनक भएको शोधकर्ताले बताएका छन्। त्यसैले, धेरै उमेर समूहका व्यक्तिका लागि प्रभावकारी हुने खोप विकसित हुन आवश्यक महसुस गरिएको थियो।

    अक्सफोर्ड खोप समूहमा आबद्ध डाक्टर महेसी रामासामीले बढी उमेर समूहका व्यक्तिमा खोपको राम्रो परिणाम आएकोमा खुसी व्यक्त गरे। बेलायतले अक्सफोर्डको यो खोपको १० करोड खुराक पहिले नै अर्डर दिएको छ।

    तेस्रो चरणको परीक्षणमा रहेको यो खोपको प्रारम्भिक परिणाम आगामी केही हप्तामा आउने अपेक्षा गरिएको छ। हालसम्मको नतिजाले अधिक आयु भएका वयस्कका लागि प्रभावकारी रहेको मात्र नभई युवा स्वयंसेवकमा पनि समान रोग प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गरेको रामासामीले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०८:४२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology