शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुरक्षाकर्मीले चलाएको गोली लागेर १२ जनाको मृत्यु

सुरक्षाकर्मीले चलाएको गोली लागेर १२ जनाको मृत्यु

नागरिक पाटी

१, चैत्र २०७७
  • 10.4K
    SHARES
  • सुरक्षाकर्मीले चलाएको गोली लागेर १२ जनाको मृत्यु

    म्यानमारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर १२ जनाको ज्यान गएको छ । शनिबार श्रद्धान्दान्जली सभामा सुरक्षार्मीले अन्धाधुन्ध गोली चलाएर १३ वर्षीय बालकसहित १२ सर्वसाधारणको हत्या गरेका हुन् ।

    images
    images

    सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। केही हप्ता अघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको जनाइएको छ।

    गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ।लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शिर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०९:२९:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology