शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतको केरलामा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

भारतको केरलामा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

नागरिक पाटी

१५, श्रावण २०८१
  • 3.7K
    SHARES
  • भारतको केरलामा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

    काठमाण्डौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ ।

    images
    images

    पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ । अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो । पहिरोका कारण वायनाड जिल्लाको मुन्दक्कै, अटामाला, चोरलमाला र कुनहोम क्षेत्र प्रभावित भएका छन् ।

    भारी वर्षा र पुलहरू भत्केको कारण उद्दार भइरहे पनि समस्या भइरहेको छ । सेना र प्रहरी गरी २०० जना उद्दार कार्यमा संलग्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन् ।

    स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ । भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ । भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ । बीबीसी

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - १८:३८:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology