शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायतमा हिंसात्मक प्रदर्शन

बेलायतमा हिंसात्मक प्रदर्शन

नागरिक पाटी

२०, श्रावण २०८१
  • 4.5K
    SHARES
  • बेलायतमा हिंसात्मक प्रदर्शन

    अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्। हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ।

    images
    images

    प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्ने चरमपन्थीविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। साउथपोर्ट, मर्सिसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ।

    लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो। कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको छ भने अर्कोलाई लात हानेर बाइकबाट झारिएको थियो।

    मर्सिसाइड प्रहरीले केही प्रहरी घाइते भएको पुष्टि गरेको छ। दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशंका छ।

    मर्सिसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जनाएको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ता कियर स्टारमरका अनुसार शनिबार बसेको सरकारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र हिंसा दुई फरक कुरा भएको बताएका थिए। बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १०:२३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology