शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

 पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध टोली छनौट

 पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध टोली छनौट

नागरिकपाटी डेक्स

२९, भाद्र २०८१
  • 2.9K
    SHARES
  •  पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध टोली छनौट

    पहिलो संकरणका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को मार्की खेलाडी आबद्ध टोलीको छनौट भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज काठमाण्डौमा गोला प्रथामार्फत खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो ।

    images
    images

    यसअघि हिजो क्यानले आठ जना मार्की खेलाडीको सूची सार्वजनिक गरेको थियो । त्यही सूचीअनुसार आज भएको लक्की ‘ड्र’ मा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् । यस्तै सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाण्डौ, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

    मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाण्डौमा हुँदैछ । क्यानले एनपिएल पहिलो पटक आफैंले आयोजना गर्न लागेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - २०:४४:१७ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology