शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

नागरिक पाटी

१९, मंसिर २०८१
  • 2.5K
    SHARES
  • दक्षिण कोरियामा सैनिक शासन घोषणा !

    दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन ९मार्शल ल० घोषणा गरेका छन । मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक भएको जनाएका हुन्‌ ।

    images
    images

    राष्ट्रपति यूनले यो कदम देश विरोधी तत्वलाई सखाप पार्न उठाइएको पनि दाबी गरेका छन्‌ । सैनिक शासन कहिलेसम्म लागू हुन्छ भन्ने उनले स्पष्ट पारेका छैनन्‌ । कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ । त्यहाँको विपक्षी पार्टीले सैनिक शासन लगाउने राष्ट्रपति यूनको कदमलाई असंवैधानिक भनेको छ ।

    राष्ट्रपतिले सैनिक शासन घोषणा गर्नासाथ दक्षिण कोरियाको राजधानी सियोलका सडकमा मानिसहरू जम्मा हुन थालेका छन्‌ । उनीहरू त्यहाँको नेशनल एसेम्बली भवनबाहिर केन्द्रित हुँदैछन् ।

    सैनिकहरूले सडकमा उत्रिएका मानिसलाई हटाउन बल प्रयोग गरिरहेको छ । सडकमा निकै ठूलो सङ्ख्यामा सैनिक तैनाथ गरिएको छ । प्रदर्शनकारीहरूलाई नेशनल एसेम्बलीभित्र प्रवेश गर्नबाट रोक्न सेनाहरूले प्रयास गरिरहेका छन्‌ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०६:०३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology