शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्यादुलमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

स्यादुलमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

नागरिक पाटी

३, पौष २०८१
  • 2.3K
    SHARES
  • स्यादुलमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण सम्पन्न

    धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नं. ६ स्यादुलमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारहरूको आम्दानी वृद्धि गर्न सहयोग उद्देश्यले आयोजना गरिएको थियो।

    images
    images

    घरपरिवारका बाख्रापालनको लागि छनौट भएका कृषकहरु सहभागी रहेको अभिमुखिकरणमा सहजिकरण शिव भण्डारीले गर्नुभएको थियोे । भण्डारीले कृषकहरुलाई बाख्रापालनको महत्त्व, खोर व्यवस्थापन, जात विशेषता, रोग पहिचान र उपचार, साथै खाद्य व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो।

    यसैगरी अभिमुखिकरण कै क्रममा सहभागी कृषकहरूले व्यवसायिक योजना निर्माण गरेका थिए। कार्यक्रममा वडाध्यक्ष टेकनाथ सिलवाल, कार्यक्रममा प्रयास नेपालका कार्यक्रम व्यवस्थापक सन्तोष सत्याल, लेखा तथा प्रशासन अधिकृत राजन रिजाल, कृषक तथा अन्य १३ जनाको उपस्थिति रहेको थियो।

    अभिमुखिकरण प्रयास नेपाल धादिङ द्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सहयोगमा सम्पन्न भएको हो। सहभागीहरूको व्यवसायिक योजनाको आधारमा आगामी दिनमा बाख्रापालनमा आवश्यक सहयोग गरिने फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेलले जानकारी दिनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ०६:११:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology